काठमाडौं- उदयपुर सिमेन्ट उद्योगले अधिकृत पुँजी वृद्धि गर्ने भएको छ। उद्योगको आगामी जेठ ३० गते बस्ने वार्षिक साधारणमा विशेष प्रस्तावका रुपमा उक्त प्रस्ताव पेश गर्दै पुँजी विस्तार गर्ने तयारी गरेकाे हाे।
उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेका अनुसार हाल कायम रहेको ४ अर्ब रुपैयाँको पुँजीलाई वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने जानकारी दिए।
उनका अनुसार हाल अर्थमन्त्रालयलाई बुझाउनुपर्ने साँवा १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ र ब्याज १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ गरी ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँलाई सरकारका नाममै कायम हुने गरी पुँजी वृद्धि गरी साँवा तथा ब्याज रकम राफसाफ गरिनेछ।
नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको उद्योगमा अब सरकारको नाममा १० अर्बको पुँजी हुनेछ।
ऋणलाई पुँजी बनाएपछि ब्याजको भार कम पर्नेछ जसका कारण प्रतिबोरामा ३० रुपैयाँ लागत कम पर्ने महानिर्देशक न्यौपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।