काठमाडौं- एनसेल आजियाटा लिमिटेडले हस्तान्तरण गर्ने १५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्समध्य पहिलो लट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।
कोभिड–१९ विरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलले १५० थानभन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
एनसेलको सामाजिक पहल अन्तर्गत एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँगको सहकार्यमा गत वर्ष देखिनै कोरोराबाट बच्ने जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धि सन्देशहरु विभिन्न माध्यमहरुबाट प्रवाह गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।