काठमाडाैं- सिप्रदी टेडिङ्ग प्रालिले सबै टाटा कारहरुको फ्री सर्भिस र ओरिजिनल ईक्विप्मेण्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ।
फ्री सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को भित्र परेका स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरु अन्तर्गत सवारीको वारेन्टी अवधि ३० जुन २०२१ सम्म लागि थप गरिएको हाे।
सिप्रदीका ग्राहक सेवा तर्फबाट टाटा प्यासेन्जर गाडीका प्रमुख प्रबन्धक कुमार भण्डारीका अनुसार कोरोना भाइरसको कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण फ्री सर्भिस र ओरिजिनल ईक्विप्मेण्ट वारेन्टीको अवधि थप गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।