काठमाडौं- प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा गरिएको दाबीको दर्ता प्रक्रिया शुरु भएको छ।
उनको समर्थनमा रहेका १४९ सांसद्को हस्ताक्षर बोकेर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए।
‘दर्ता हुँदै छ। प्रक्रियामा छ। १४९ जनाको हस्ताक्षर छ’, माओवादी केन्द्रका नेता वर्षमान पुनले भने।
नयाँ प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले दिएको समयसीमा शुक्रबार ५ बजे सकिँदैछ।
यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।