काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।
तर, राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई भेट्ने समय दिएकी छैनन्। माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले आफूहरुले कुरिरहेको तर राष्ट्रपति आइनपुगेको बताए।
राष्ट्रपति भण्डारी विपक्षी गठबन्धन नेताहरू भन्दा पहिल्यै पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शीतलनिवासको अर्को कोठामा छलफलमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।