काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवासबाट बाहिरिएका छन्। उनी राष्ट्रपतिलाई भेट्न शुक्रबार अपराह्न शीतल निवास पुगेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट चलिरहँदा १४९ जनाको हस्ताक्षर बोकेर शीलत निवास पुगेका विपक्षी गठबन्धनका नेताहरुले भने प्रतीक्षा गर्नुपरेको थियो।
विपक्षी गठबन्धन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नका लागि शीतलनिवास पुगेको हो। राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।