• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘हिटलरको ताजपोष’ पहिर्‍याउने हतारो

64x64
शंकर तिवारी शुक्रबार, जेठ ७, २०७८  ११:३४
1140x725

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई पुनः एकपटक बलात् कुल्चेकी छन्। उनको यो कुल्चाइ यसअघिका भन्दा धेरै खतरनाक छ। किनभने यो जबरजस्तीले धेरै खतरा बोकेर आएको छ।

राष्ट्रपतिको सीमा उल्लंघनले अब नेटो काटेको छ। यो खतरालाई आज र अहिले नै प्रतिपक्षी दलले, नागरिक समाजले र आम नागरिकले प्रतिकार नगर्ने हो भने त्यसको परिणाम भविष्यमा भयावह हुने निश्चित छ। र, नयाँ सरकार बनाउनुअगावै राष्ट्रपतिको प्रतिगमनरूपी वक्तव्य फिर्ता गराउनुपर्ने छ।

२०५८ सालको दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले जनतामा प्रिय छवि नभएका तत्कालीन शाहज्यादा पारसलाई दसैंको छेको पारेर युवराज घोषणा गरेका थिए। सामान्य समयमा पारसलाई युवराज घोषणा गर्ने आँट तत्कालीन राजामा थिएन। ठीक त्यसैगरी राष्ट्रपति भण्डारीले केपी शर्मा ओलीलाई तानाशाह हिटलरजस्तै बनाउने शिरपोस लगाइदिन पछिल्लो कदम चालेकी हुन्।

राष्ट्रपति भण्डारीको यो कदम लामो समयदेखिको योजनाबद्ध चालको रूपमा आएको हो। दासढुंगा दुर्घटनापछि राजनीतिक जुगलबन्दी गरेर क्रमैसँग नेकपा कब्जा गर्दै देशकै सर्वोच्च शासकीय पद, राष्ट्रपति र प्रधानमन्त्रीको पद हत्याउन पुगेका केपी शर्मा ओली र विद्यादेवी भण्डारीको साँठगाँठ र मनोवृत्ति उदाङ्‍गो हुने योभन्दा अर्को कुनै क्लाइमेक्स सम्भवतः अब आउने छैन।

नागरिकको शवमाथि अध्यादेश-राज
पशुपति आर्यघाटदेखि देशभरका कैयौं शमसान घाटमा सद्‍गत् गर्नका लागि कोरोनाले ज्यान गुमाएका नागरिकका शव लाममा राखिएका छन्। अस्पतालमा शय्याहरु खाली छैनन्, प्रत्येक घर संक्रमितका क्वारेन्टिन र आइसोलेसन बन्नपुगेका छन्। कोरोनाको भय यत्रतत्र सर्वत्र छ। नागरिक निरीह र देश असहाय मुर्दा शान्तिको अवस्थामा छ। जनताको चित्कार र क्रन्दन विद्या-खड्ग (बिख) राजपाटको सिन्दुर यात्राको लागि कर्तल ध्वनि बन्न पुगेको छ। यो देशको बिडम्बना हो। इतिहासकार युवल नोहा हरारीले भनेजस्तै कोरोनाको संकट अन्य तानाशाही वृत्ति भएका शासकलाई जस्तै बिखका लागि वरदान सावित भएको छ।

नागरिकले भोगिरहेको यस्तो दुर्दान्त, कठिन र बेसहारा समयमा शोक र घाउमा मलमपट्टी लगाउनुपर्नेमा ठीक उल्टो बेवास्तारुपी नुनचुक दल्दै राष्ट्रपति र प्रधानमन्त्री उनीहरूको सत्तामा अनियन्त्रित लगाममा लाहाछाप लगाउन बुझ्नै नसकिने हतारो गरिरहेका छन्। ‘बिख’ले प्राचीन रोमको शासक निरो हुँदै आधुनिक फ्रेन्च शासक लुई चौंधौको बर्बर र संवेदनाहीन कुकृत्यलाई समेत बिर्साइदिएका छन्।

शंकर तिवारी

कोरोनाका कारण गत वर्ष सुरु भएको लकडाउनयता देश अध्यादेश राजमा चलिरहेको छ। अल्पकालको लागि चलेको संसद्‍ले बजेट पास गर्नुका अलावा कुनै कार्य गरेको थिएन। त्यसपछि त पुस ५ मा ओलीले प्रतिनिधि सभा नै विघटन गरिहाले। संसद् विघटन गरे पनि दुई महिनापछि सर्वोच्च अदालतले पुनःस्थापित गरिदिएपछिसमेत ओलीले संसद्को‍ सामना नगरिकन संसद्को‍ सत्र अन्त्य गरिदिएका थिए।

त्यसपछि अलिक फुर्सदमा बालुवाटारको खोकिलामा ‘बिख’ले अनेक षड्यन्त्रको रोडम्याप बनाए। अनि मात्र विश्वासको मत मागे। पुनः संसद्मा‍ ठूलो दलको नेताको रुपमा शपथ खाए। उनले शपथ खाएको ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने थियो। संसद्को‍ बजेट अधिवेशन आह्वान गरिसकेको समयमा राष्ट्रपतिले मनगढन्ते आधारमा ओलीलाई सहज होस् भनेर संविधानको धारा फड्केर ७६ (५) को प्रधानमन्त्री बनाउन कस्सिएकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ओली संविधानका सबै धाराअन्तर्गत् शपथ खाएर एउटै कार्यकालमा नयाँ कीर्तिमान कायम राख्न लागिपरेका छन्। स्मरण रहोस् , एउटै व्यक्तिलाई एउटै संसद्‍मा सबै धाराबाट शपथ खान मिल्ने प्रयोजनका लागि ती धाराहरु लेखिएका होइनन्। लाज नभएका नकचरा ‘बिख’ गठजोडलाई संविधानको मर्म 'भैंसीको सामु बिना बजाए'जस्तो भएको छ।

गत हप्ता ओलीले प्रधानमन्त्रीको शपथ लिँदा स्थापित परम्परालाई बेवास्ता गर्दै कुनै पनि भुतपूर्व प्रधानमन्त्रीहरुलाई शपथ समारोहमा सहभागी भएनन्। समकक्षी नेताहरूको नजरमा ओली कतिसम्म गिरेका छन् भन्ने कुराको त्यो ज्वलन्त प्रमाण हो।

अब उनीहरुको गठजोड यसरी अघि बढेपछि न संसद्‍ चाहिने छ, न चुनाव नै। जसरी २०५८ असोज १८ को संसद्‍ विघटन निर्धारित मितिमा चुनाव गराउने नियतका साथ गरिएको थिएन, ‘बिख’ गठजोडको जोडबल पनि भनेको मितिमा चुनाव नगराउने नै हुनेछ।आफ्नो शासनसत्ता लम्ब्याउनेमै उनीहरुको जोड हुनेछ। अहिले नलागेको स्वास्थ्य संकटकाल त्यतिबेला राजनीतिक संकटकाल हुनेछ। अध्यादेशको ओइरो लाग्नेछ। कानुनी राज त यसै पनि छैन। अध्यादेश राज विगत एक वर्षयता चलि नै रहेको छ। 

गत हप्ता ओलीले प्रधानमन्त्रीको शपथ लिँदा स्थापित परम्परालाई बेवास्ता गर्दै कुनै पनि भुतपूर्व प्रधानमन्त्रीहरुलाई शपथ समारोहमा सहभागी भएनन्। समकक्षी नेताहरूको नजरमा ओली कतिसम्म गिरेका छन् भन्ने कुराको त्यो ज्वलन्त प्रमाण हो। शपथमा देखिएको ओलीको निन्दनीय हर्कत राष्ट्रपतिकै लागिसमेत प्रहसन थियो। उनी खलपात्रको हाँसो हासिन, अनि अहिले शपथका लागि अध्यादेश नै जारी गरेकी छन्।

Xtrem

Xtrem

लमी महन्थ-राजेन्द्र
राष्ट्रपतिले संविधानको मर्मलाई कुल्चिँदै मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै जुन कदम चालेकी छन् त्यो कदमले देशलाई दीर्घकालीन संवैधानिक मुठभेडतर्फ धकेलेको छ। यो मुडभेडको लागि जनता समाजवादी पार्टी (जसपा)का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लमी बनिरहेका छन्। मधेशले अधिकार पाउनुपर्छ, त्यो निर्विवाद छ। तर जब मधेशी शक्तिहरु नै आफूले उधारो अधिकार पाउने नाममा अधिनायकवादलाई सघाउँछन् भने उनीहरु षड्यन्त्रको मतियार बनेको पुष्टि हुन्छ। हिजो २०१७ सालपछि वेदानन्द झा र २०५८ सालपछि बद्रीप्रसाद मण्डल यस्तै गर्दै थिए। 

अधिकार आन्दोलनको जगमा र वैधानिक शासकबाट लिन सक्यो भने मात्र त्यो दिगो हुनेछ। हिजो कांग्रेसले संविधानमा अधिकार दिन खोज्दा र संविधान जारी भएपछि ऐन र कानुन बनाएर संसद्बा‍ट अधिकार दिन खोज्दा धारे हात लगाएर विपक्षमा भोट हाल्ने उनै ओली आज महन्थ र राजेन्द्रका झुन्झुन्वाला बनेका छन्। ओली उपयोगितावादसँगको महन्थ र राजेन्द्रको रोमान्स कति लामो चलेर कहिले र कहाँ पुगेर पारपाचुकेमा टुंगिने हो, कुनै ठेगान छैन। 

आन्दोलनको विकल्प छैन
‘हाउ डेमोक्रेसिज डाई’मा भनिएजस्तो प्रजातान्त्रिक प्रक्रियाबाट उदाएका तानाशाहलाई तह लगाउने उपाय भनेको उनीहरूको पार्टीभित्र घेराबन्दी र पार्टीबाहिर पनि घेराबन्दीबाट मात्र सम्भव हुन्छ। संसद् विगठन गरेका ओलीले नेकपा एमालेको विधान पनि उल्लंघन गरेका छन्। एमालेको विधान पूर्ववत ब्युँतिदैन, सर्वोच्चबाट आदेश गर्न मिल्दैन, तैपनि माधव-झलनाथ-घनश्याम-योगेश समर्पण गरेर ओलीको पाउमा दाम चढाएर सुस्ताएका छन्।  

देउवाले २०५८ पछिको गिरिजाप्रसाद बन्ने अवसर पटक-पटक गुमाएका छन्। उनलाई ओललीको जुठोपुरो नै प्रिय छ। आन्दोलन गर्न पैसा छैन, सरकार बनाउन ‘झन्झट’ गर्न मन छैन। आज ओलीलाई सत्ताबाट ओराल्नु भनेको युगको आह्वान हो भन्ने कुराको हेक्का उनलाई छैन। उनलाई आफ्नो सामर्थ्यको ज्ञान अझै हुन सकेको छैन। विवेकशील-साझाहरू कुहिरोको कागजस्तै बनेका छन्। 

एउटा बृहत जनआन्दोलनविना गणतान्त्रिक संविधान पुनः ट्र्याकमा आउने कुनै गुञ्‍जायस अब छैन। यसको लागि चुनावअगावै र कोरोनाविरुद्दको लड़ाइँसँगै ‘बिख’को जनाधिकार र संविधानविरोधी गठजोठलाई परास्त गर्ने प्रतिरोधी आन्दोलनको संघारमा देश उभिएको छ।

संकट कहिले पनि बाजा बजाएर आउँदैन। तर राजनीतिक संकट कोरनाको शोक धुनमा सवार भएर आउला भन्ने पनि कसैको अनुमान थिएन। कोरोनालाई समयमा परास्त गर्न पनि ‘बिख’ लाई तत्काल सत्ताच्युत गर्नु आजको अपरिहार्य आवश्यकता हो।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शंकर तिवारी
लेखकबाट थप
गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको उबडखाबडपूर्ण राजनीतिक यात्रा
चोलेन्द्र श्रीमानको ‘यू टर्न’ र ‘तमासा’ अन्त्यको संकेत
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्