फाइल तस्वीर
काठमाडौं- नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।
बैठक शुक्रबार विहानका लागि बोलाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र 'इच्छा' मुताविक विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकार बनाउने समय आव्हान गरेको कांग्रेसको ठहर छ।
राष्ट्रपतिको पछिल्लो आव्हानपछि पार्टीले लिने कदमका विषयमा छलफल गर्न शुक्रबार विहान बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। शीर्ष तहका नेताको बैठक सभापति शेरबहादुर देउवा निवासमा बस्ने उनले बताए।
प्रधानमन्त्रीले विश्वासको मत नलिने हो भने त्यसअघि राजीनामा दिनुपर्ने तर्क महतले राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।