काठमाडाैं- नयाँ सरकार गठनका लागि दलहरुलाई तयारी गर्न एक दिनपनि नदिनुलाई प्रमुख बिपक्षी दल कांग्रेसले गम्भीर षड्यन्त्रका रूपमा लिएको छ।
संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन आधार पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार आह्वान भएको छ।
संसदकाे कुनै सदस्यले आफूले बहुमत पुर्याउन तयारी गर्नका लागि तीन दिन कम्तीमा उपलब्ध गराउनुपर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रारम्भिक प्रतिक्रिया छ।
राष्ट्रपतिबाट हतारमा गरिएको आह्वान गरिएकाे प्रति अचम्मित हुँदै नेता पौडेलले भने, ' यो त के गर्न खोजें? कू गर्न खोजेका जस्तो पो भयो। कमसेकम तीन दिन त दिनुपर्ने हो नि।'
संविधान मास्ने षड्यन्त्रका रूपमा राष्ट्रपतिको आह्वान भएको उनले बताए। देशमा धेरै ठूलो षड्यन्त्रका लागि राष्ट्रपतिको आह्वान भएको उनको आंकलन छ।
'संविधान सिध्याउने खेल हो। कहाँ-कहाँ को-को मिले,' पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।