काठमाडाैं- अध्यागमन विभागले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेकाे छ।
काेराेना भाइरस महामारीकाे दाेस्राे लहरका कारण जाेखिम बढेकाे भन्दै बिहिबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हाे।
यो अवधिमा नेपालमा अलपत्र परेका विदेशीको प्रस्थान सहजीकरण सम्बन्धी कार्य भने नियमित हुने विभागले जनाएकाे छ।
यस अवधिमा भिसा सकिएका विदेशी नागरिकलाई स्वदेश फर्कन विमानस्थलबाटै भिसा दिने व्यवस्था गरिएकाे छ।
स्थान हदमा रहेका, कारागार तथा अन्य निकायबाट जिम्मा लगाइएको विदेशीको निष्काशन सम्बन्धी काम समेत नियमित हुने विभागले जनाएकाे छ।
नेपालमै रहेका विदेशीले अध्यागमनसम्बन्धी सेवा लिन परेमा भने निषेधाज्ञा खुलेको १ सातासम्म बीना कुनै शुल्क तथा जरिवाना सेवा लिन सक्ने विभागले जानकारी दिएकाे छ।
यसबीचमा अत्यावश्यक परि भिसा नियमित गर्नुपर्ने, पदयात्रा अनुमति लिनु परे वा अन्य सेवा लिनु पर्ने सेवाग्राहीले विभागमा सम्पर्क गर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।