काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट विश्वासको मत नलिइ ७६ (५) को सरकार बनाउने विकल्प खुला गर्ने निर्णय गरेसँगै नेताद्वय ठाकुर र महतो बालुवाटार प्रवेश गरेका हुन्।
जनता समाजवादीले आफ्नै नेतृत्वमा सरकार बन्ने भए मात्रै सत्ता समीकरणमा लाग्ने निर्णय गरेको छ।
यस अघि महन्थ–राजेन्द्र पक्षकै कारण ठूलो दलका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली सोही पदमा दोहोरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।