काठमाडौं– नेकपा एमाले भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक पुनः सरेको छ।
बिहीबार अपराह्न ५ बजे बस्ने तय भएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी सरेको एमालेका स्थायी कमिटी सदस्य एवम् अध्यक्ष केपी शर्मा ओली पक्षबा कार्यदलका संयोजक रहेका सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
यसअघि बुधबार बस्ने कार्यदलको बैठक बिहीबार ५ बजे बस्ने भनेर सरेको थियो।
नेता नेम्वाङले बिहीबार कार्यदलका सदस्यहरुले टेलिफोनमार्फत कुराकानी गरेको र सहमतिमै शुक्रबार १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए।
‘आज राष्ट्रिय सभाको निर्वाचन लगायतका विषय भएकाले भोलि (शुक्रबार) बस्ने गरी कार्यदलको बैठक स्थगित गरिएको हो,’ नेम्वाङले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बोलाएको स्थायी कमिटी बैठकमा राष्ट्रिय सभा निर्वाचनमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पार्टीका उम्मेदवार (रामबहादुर थापा बादल)लाई मत नदिएको विषय उठेको थियो।
उक्त बैठकले नेपाल पक्षले पार्टीका उम्मेदवारलाई मत नदिएकोप्रति गम्भीर रुपमा लिएको पनि बैठक पछि सञ्चारकर्मीसँग बोल्दै एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।
पार्टीको आधिकारिक उम्मेदवार बादललाई मतदान नगरी अर्को उम्मेदवारलाई मत दिने कार्यलाई बैठकले भत्र्सना गरेको पनि ज्ञवालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।