तस्वीर : प्रधानमन्त्रीको सचिवालय।
काठमाडौं- मन्त्रिपरिषद् बैठक शुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
बैठकले संसद्को अधिवेशनको आह्वान गर्ने सम्भावना रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए।
केहीबेरअघि सकिएको एमाले स्थायी कमिटी बैठकपछि उनले मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्ने सम्भावना रहेको बताए।
उनले संघीय संसद्को नियमित बैठकमै बजेट प्रस्तुत हुने पनि बताए।
‘अध्यादेशबाट बजेट ल्याउने कुनै सोच छैन। संसद्को नियमित अधिवेशनमै बजेट प्रस्तुत हुन्छ’, बैठकपछि एमाले प्रवक्ता समेत रहेका प्रवक्ता ज्ञवालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।