काठमाडौं- नेकपा (माओवादी) केन्द्रले पनि कोरोना रोकथामको विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ। बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।
‘सरकारले कोभिड रोकथामका विषयमा ध्यान दिनुपर्ने विषयलाई समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भन्ने निर्णय भएको छ’, बैठकपछि एक नेताले भने, ‘शुक्रबार बुझाउने निर्णय भएको छ।’
बैठकले कोरोना रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीलाई खारेज गर्न माग पनि गरेको छ। त्यो संयन्त्र असफल भइसकेको माओवादी केन्द्रको ठहर छ।
बिहीबार मात्रै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको थियो। उसले पनि सीसीएमसी असफल भएकाले भंग गर्न ध्यानाकर्षण गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।