काठमाडौं- प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी रहँदा प्रधानसेनापति पूर्णचन्द्र थापा पनि बालुवाटार नै पुगेका छन्। उनी केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन्।
नेकपाको बैठकपछि बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक पनि डाकेका छन्। त्यसबाट लिने कुनै निर्णयबारे परामर्शका लागि ओलीले थापालाई बालुवाटार बोलाएको हुनसक्ने आकलन गरिएको छ।
कोरोना महामारी बढ्दै जाँदा सरकारले स्वास्थ्य संकटकाल लगाउनुपर्ने माग बढिरहेको छ।
एमालेको स्थायी कमिटी बैठक भने जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।