कोरोना नियन्त्रणका सन्दर्भमा पार्टीले सञ्चालन गर्नसक्ने कार्यक्रमका लागि बुधबार चिकित्सक तथा विज्ञहरुसँग परामर्श गर्दै प्रचण्ड । तस्वीर– गंगा दाहाल
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न स्थायी समिति बैठक बस्न लागेको जनाइएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की पुत्री एवम् स्वकीय सचिव गंगा दाहालले बिहीबार पार्टी स्थायी समितिको बैठक भोलि ११ बजे पेरिसडाँडामा बस्न लागेको जानकारी दिएकी छन्।
दाहालका अनुसार बिहीबार बस्ने बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पंति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिने छ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका सन्दर्भमा पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा प्रचण्डले बुधबार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्श समेत गरेका छन्।
प्रचण्डले बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्श गरेका हुन्।
बुधबारको छलफलका क्रममा चिकित्सक तथा विज्ञहरुले दिएको सुझावलाई समेटेर बिहीबार बस्ने स्थायी समितिको बैठकले आवश्यक निर्णय गरी विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिने दाहालले जानकारी दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।