काठमाडौं- शाओमीले बुधबार मी पोर्टेबल ब्लुटुथ स्पिकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ।
अडियो लाइनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली स्रोताहरूका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ।
यस्तै, स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित रहेको जानकारी दिइएको छ। ‘यो एड्भान्स हेल्थ ट्र्याकिङ फिचर्सहरूले सुसज्जित छ, जस्तैः एसपीओ२ ट्र्याकिङ जसले प्रयोगकर्ताहरूलाई उनीहरूको ब्लड अक्सिजन लेभल, मुटुको दर ट्र्याकिङ र स्लिप ट्र्याक गर्न मद्दत गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘यो मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लन्चसँगै हामी हाम्रो प्रशंसक र उपभोक्ताहरूलाई कुनै पनि अवरोधविना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्न चाहन्छौँ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘स्पिकरमा डुअल इक्यु मोडहरू जस्ता सुविधाहरूको साथ हामी विश्वास गर्दछौं कि यो प्रोडक्ट एक क्लटर फ्रि र वायरलेस अनुभवका लागि प्रभावकारी हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।