काठमाडाैं- कोभिड-१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त रुपमा सहयोगको शृंखला सुरु गरेका छन्।
दुवै समूहले संयुक्तरुपमा हालसम्म साढे तीन करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका ‘कोभिडवारियर’ हरुलाई हस्तानान्तरण गरिसकेको जानकारी दिएका छन्।
शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रंपक्तिमा खटिएका दुई समाजिक संस्थामार्फत् केही सामग्री हस्तान्तरण गरिसकेको छ भने केही सामग्री एक/दुई दिनमै हस्तान्तरण गर्दै छन्।
शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो शृंखला निरन्तर सञ्चालन रहने बताए। उनीहरुले यस मानवीय संकटमा अधुरा र उधारो वाचाभन्दा अहिलेको तत्काल आवश्यकताको पूर्तिका लागि आफूहरु सक्रिय रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।