काठमाडौं- स्मार्ट डिभाइस ब्राण्ड ओपोले लाइसेन्सरका रूपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेशको घोषणा गरेको छ।
यससँगै ओपोको एचईभीसी-एच २६५ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्टहरू एचईभीसी एडभान्स्ड प्याटेन्ट पोर्टफोलियो लाइसेन्स (जसको गणना वर्ल्ड-वाइड प्याटेन्टअनुसार १३ हजार ७०० भन्दा बढी हुन्छ) मा सम्मिलित भएको कम्पनीले जानकारी दिएको छ।
‘हामी एचईभीसीको एडभान्स प्याटेन्ट पुलमा लाइसेन्सरका रूपमा सम्मिलित हुन पाउँदा निकै हर्षित छौँ। यसले भिडियो प्रोसेसिङको क्षेत्रमा ओपोको प्याटेन्ट एक्यूमूलेसन उपलब्धिको प्रतिनिधित्व पनि गरेको छ,’ ओपोको इन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने, ‘हामीले जस्तै लाइसेन्सी र लाइसेन्सरका चाहनाबीच तालमेल मिलाउँदै एचईभीसी तथा भविष्यका भिडियो प्रोसेसिङ प्रविधिका लागि स्वस्थ इकोलोजिकल वातावरण निर्माण गर्ने उद्देश्यका साथ अघि बढिरहेको लाइसेन्सिङ प्लाटफर्म एक्सेस एडभान्ससँग सहकार्यका लागि उत्साहित छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।