फाइल तस्वीर।
काठमाडौं- गण्डकी प्रदेशमा नयाँ मन्त्रीले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरानै अनुहारलाई दोहोर्याउन लागेका हुन्। नवनियुक्त मन्त्रीमा विवादित राजीव गुरुङ (दीपक मनाङे) पनि परेका छन्।
युवा तथा खेलकुद मन्त्रीमा मनाङेले दोहोर्याएर शपथ लिन लागेका हुन्। साथै, अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधारमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुनले सपथ लिन लागेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानले जानकारी दिए।
प्रदेश प्रमुख सिता कुमारी पौडेलको निवासमा दिउँसो ३ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।