काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले वर्तमान सरकारले देखाएको सपना दुःस्वप्नमा परिणत हुने खतरा औंल्याएका छन्।
संयोजक भट्टराईले एमाले र माओवादी केन्द्रबीच ‘मर्ज’ भई बनेको नेपाल कम्युनिस्ट पार्टीले मुलुकको युगीन कार्यभार पूरा गर्न सक्ने संकेत नदेखिएको दाबी गरे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नवगठित नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरविरोध समाधान गरेर जान पनि सहज नरहेको बताए।
संयोजक भट्टराईले ५० वर्ष सत्तामा रहने सपना नदेख्न पनि नवगठित नेकपा नेतृत्वलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।