काठमाडौं- एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनी दूतावास तथा गोथे जेन्ट्रम काठमाडौंसँगको सहकार्यमा अन्तरसञ्जाल सम्मेलन सम्पन्न गरेको छ।
जर्मनीका विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित उक्त अन्तरसञ्जाल सम्मेलनको जुम र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरसमेत सम्मेलनमा उपस्थित थिए।
राजदूत स्याफरले कोभिड महामारीको दोस्रो लहरले नेपालमा पारिरहेको असरबारे चासो व्यक्त गरेका थिए। उनले यस्ता संकटका समयमा जर्मनी तथा युरोपेली युनियनले नेपाललाई सहयोग गरिरहने बताए। इन्जिनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण उपलब्ध गराउने उपयुक्त गतिमा रहेको नेपालप्रति राजदूत स्याफरले प्रसन्नता व्यक्त गरे।
गोथे जेन्ट्रम काठमाडौंका निर्देशक सेबस्टेन वैस्टेकले संस्थाको नाम गोथे रहनुका पछाडिको छोटो इतिहास प्रस्तुत गर्दै यसले राष्ट्रको विविधतापूर्ण संस्कृति र कलालाई कसरी प्रतिबिम्बित गर्ने बताएका थिए।
एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले यस किसिमका सम्मेलनले इच्छुक विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीहरूलाई लाभान्वित गराउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।