काठमाडौं- शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो भेरियन्टको उच्च प्रभाव परिरहेको अवस्थामा कम्पनीले उक्त सहयोग गरेको हो। देशका विभिन्न अस्पतालहरूमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले हेटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान सिलिण्डरसहित ३० थान मेडिकल बेड, पाँच थान सीसीयू बेड तथा पाँच थान उक्त बेडहरूमा जडान गरिने मेडिकल मोनिटरहरू हस्तान्तरण गरिएको शिवम् सिमेन्ट्सले जानकारी दिएको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताएको छ।
‘प्राणवायू अक्सिजनसहितका सिलिण्डर, मेडिकल बेड, सीसीयू बेड, मोनिटर इक्युपमेन्टसमेतका यी स्वास्थ्य सामग्री कारण यस क्षेत्रका कोराना प्रभावित सर्वसाधारण नागरिकहरूलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग प’ग्ने विश्वास कम्पनीले लिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।