मुम्बई- साउथ फिल्मका अभिनेता नितिश वीराको कोरोना संक्रमणबाट निधन भएको छ।
४५ वर्षका नितिशको चेन्नईको ओमानदुरर अस्पतामा उपचारको क्रममा निधन भएको बताइएकाे छ।
उनी केही दिन अगाडि मात्र कोरोना संक्रमित भएका थिए।
फिल्म ‘असुरन’ सँगै काम गरिसकेका अभिनेता धनुषले सामाजिक सञ्जालमार्फत उनको मृत्युको जानकारी दिएका हुन्।
नितिशले निर्देशक सेल्वरघवनको सुपरहिट फिल्म ‘पुधुपेतई’बाट अभिनयमा डेब्यु गरेका थिए।
उनले विजय सेतुपति र श्रुति हासनको फिल्म ‘लबम’ मा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
यसको अलवा उनले ‘वेन्निला कबठ्डी कुझु’, ‘सिंधनई सेई’, ‘विजय सेतुपतिको ‘लाबम’, ‘पेरारास’र रजनीकान्तको ‘काला’लगायत थुप्रै फिल्ममा काम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।