• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१२ वर्षका बालकहरुको झगडा पुग्यो अदालतसम्म: आखिर बसभित्र भएको के थियो?

64x64
नारायण अधिकारी मंगलबार, जेठ ४, २०७८  ०८:३५
1140x725
पृथ्ठभूमिमा कास्की जिल्ला अदालत र घेरा (इन्सर्ट)मा आगोले जलेर घाइते भएका बालक उपचाररत अवस्थामा । तस्वीर सौजन्य– उज्जवल विक्रम थापा

काठमाडौं– कास्की जिल्ला अदालतमा आइतबारसम्म दुई बालकको एउटा मुद्दाको सुनुवाइ चलिरहेको थियो। पक्ष-विपक्षमा रहेका बालकको उक्त केसका अन्तर–कुन्तर केलाउने प्रयास गरिरहेका थिए, न्यायाधीश श्रीकृष्ण भट्टराई।

घटनाबारे अविश्वास गरौं, एक बालक पीडित छन्। विश्वास गरौं, अर्को बालकले यत्रो घटना कसरी गर्‍यो? मथिंगलमा यही प्रश्न घुमिरहेपछि न्यायाधीश भट्टराईले फेरि पीडक भनिएका बालकलाई घटनाबारे सोध्छन्। घटना आफूबाटै भएको ती बालकले स्वीकार्छन्। तर, अन्जानमा भएको घटना वा भवितव्यतर्फ संकेत गर्छन्। भवितव्य भए पनि योजनाबद्ध भए पनि आखिर तत्काल जुटेका प्रमाण र बयानलाई आधार मान्दै पीडक भनिएका बालक सुधार गृह चलान हुन्छन्। सुधार गृह नै जानुपर्ने गरी यी बालकले के बिगार गरे? त्यसबारे जान्न करिब महिना दिन अघि फर्किनु पर्छ।

घटना यही वैशाख ११ गतेको हो। पृथ्वीचोक बसपार्कमा ना ४ ख ३७९२ नम्बरको बस पार्किङ गरेर राखिएको थियो। साँझ अन्दाजी पौने ७ बजेतिर बालकद्वय सुमित नेपाली र सुदीप परियार कुराकानी गर्दै बसभित्र बसिरहेका थिए। प्रहरीका अनुसार त्यही बेलामा बुद्ध परियार, करण नेपाली र अहिले सुधार गृह चलान भएका  समीर (नाम परिवर्तन) उक्त बसभित्र छिरे। बालक समीरले १२ वर्षका अर्का बालक सुदिप परियारसँग पैसा मागे। सुदिपले पैसा नदिएपछि समीरले लात्ती, मुक्काले हिर्काए। त्यसपछि पेट्रोल छर्किएर सुदीपको शरीरमा समीरले आगो लगाए। जसकारण सुदीको कम्मर, तिघ्रा, पेट, हिप लगायत शरीरको विभिन्न भाग जल्यो। आगोले बस समेत जलेको प्रहरीले उठाएको घटनास्थल मुचुल्कामा उल्लेख छ।

आफ्नो १२ वर्षका छोरालाई पेट्रोल छर्किएर ज्यान मार्ने हिसाबले आगो लगाएको भन्दै सुदिपका बाबु सुलबहादुर दमैले प्रहरीमा जाहेरी दिए। सुलबहादुरको जाहेरीपछि कास्की प्रहरीले पेट्रोल छर्किएर आगो लगाएको आरोपमा बालक समीरलाई पक्राउ गर्‍यो। 

समीर, सुदीप परियार, सुमित परियार, बुद्ध परियार, करण नेपाली पोखराको एउटै ठाउँ पृथ्वीचोक कृष्णटोलमा बस्ने मिल्ने साथी हुन्। सुदिप र सुमित बसभित्र बसिररहेको देखेपछि मिनरल वाटरको बोतलमा पेट्रोल लिएर आफू बसभित्र प्रवेश गरेको समीरले प्रहरीसमक्ष बयान दिएका छन्। ‘सुदिप र सुमितलाई आधा आधा पेट्रोल बाँडिदिए। उनीहरु दुबै जना पेट्रोल सुँध्न थाले। मैले पेट्रोल बाँड्ने क्रममा पोखिएर सुदिपको कपडामा लाग्यो। बसमा पनि पोखियो,’ प्रहरीले सरकारी वकिलसमक्ष बुझाएको अनुसन्धान प्रतिवेदनमा समीरले दिएको साबिती बयानमा उल्लेख छ, ‘पेट्रोल दिएपछि ५० रुपैयाँ माग्दा १० रुपैयाँ मात्रै दिए। त्यसपछि मलाई रिस उठ्यो। कुटपिट गर्दै सुदिपको शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएँ।’

nimb
nimb
Ncell 2
Ncell 2

आगो लागेपछि घाइते भएका सुदिपको सुरुमा गण्डकी अस्पताल पोखरामा उपचार भएको थियो। त्यसपछि अहिले उनको काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनको मेडिकल रिपोर्टमा शरीरको ३५ प्रतिशत भाग जलेको उल्लेख छ।

बालकलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान भएपछि उनको वास्तविक उमेर कति रहेछ, के कारण ज्यान मार्ने उद्योगसम्मको हर्कत ती बालकले गरे भन्नेबारे अनुसन्धान भएको थियो। सो क्रममा श्री सहारा बाल आधारभूत विद्यालय पोखरा, शिवटोलको रेकर्ड अनुसार आरोपित समीरको जन्म २०६५ वैशाख ३१ रहेको पाइयो। अदालतले आरोपित भनेका बालक समीरसँग पनि घटनाबारे सोधपुछ गर्‍यो। समीरले प्रहरीमा दिएको साबिती बयानभन्दा केही फरक बयान अदालतमा बालकले दिएको न्यायाधीश भट्टराईले बताए। अदालतमा दिएको बयानमा समीरले  सुदिप र समित बसभित्र बसेर पहिल्यै पेट्रोल सुँघिरहेका बेला आफू पुगेको बताएका छन्। ‘पेट्रोल सुदिपको कपडा र बसमा पोखिएको र मैले चुरोट सल्काउँदा चुरोटको ठुटोले भेटेर आगो लागेको हो,’ अदालत समक्ष बयानका क्रममा समीरले भनेका छन्। 

आफूलाई समेत आगोले पोलेको र घाइतेलाई समेत आफैंले अस्पताल पुर्याएकाले ज्यान मार्ने उद्योग नभएको बालक समीरको भनाइ छ। 

समीरले अदालतमा इन्कारी बयान दिए पनि प्रहरीमा घटनाबारे स्वीकार गरेको, ५० रुपैयाँ माग्दा १० मात्रै दिएर ४० रुपैयाँ पछि दिउँला भनेपछि विवाद भएको देखिएको, समीरसँगै बसभित्र प्रवेश गरेका अन्य बालकहरु (सूर्यबहादुर, बुद्ध, सरस्वती विक) ले पनि समीरले नै आगो लगाएको भन्ने बयान दिएको, किटानी जाहेरी, घटनास्थल मुचुल्का लगायतबाट तत्काल समीर निर्दोष हुन् भन्ने सक्ने अवस्था नरहेको भन्दै न्यायाधीश भट्टराईको इजलासले आइतबार उनलाई सुधार गृह पठाउने आदेश दिएको छ। 

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा २४ को उपदफा (२) बमोजिम उनलाई आइतबार बाल सुधार गृह सराङकोट पठाइएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्