• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ८, २०८२ Sat, Oct 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१२ वर्षका बालकहरुको झगडा पुग्यो अदालतसम्म: आखिर बसभित्र भएको के थियो?

64x64
नारायण अधिकारी मंगलबार, जेठ ४, २०७८  ०८:३५
1140x725
पृथ्ठभूमिमा कास्की जिल्ला अदालत र घेरा (इन्सर्ट)मा आगोले जलेर घाइते भएका बालक उपचाररत अवस्थामा । तस्वीर सौजन्य– उज्जवल विक्रम थापा

काठमाडौं– कास्की जिल्ला अदालतमा आइतबारसम्म दुई बालकको एउटा मुद्दाको सुनुवाइ चलिरहेको थियो। पक्ष-विपक्षमा रहेका बालकको उक्त केसका अन्तर–कुन्तर केलाउने प्रयास गरिरहेका थिए, न्यायाधीश श्रीकृष्ण भट्टराई।

घटनाबारे अविश्वास गरौं, एक बालक पीडित छन्। विश्वास गरौं, अर्को बालकले यत्रो घटना कसरी गर्‍यो? मथिंगलमा यही प्रश्न घुमिरहेपछि न्यायाधीश भट्टराईले फेरि पीडक भनिएका बालकलाई घटनाबारे सोध्छन्। घटना आफूबाटै भएको ती बालकले स्वीकार्छन्। तर, अन्जानमा भएको घटना वा भवितव्यतर्फ संकेत गर्छन्। भवितव्य भए पनि योजनाबद्ध भए पनि आखिर तत्काल जुटेका प्रमाण र बयानलाई आधार मान्दै पीडक भनिएका बालक सुधार गृह चलान हुन्छन्। सुधार गृह नै जानुपर्ने गरी यी बालकले के बिगार गरे? त्यसबारे जान्न करिब महिना दिन अघि फर्किनु पर्छ।

घटना यही वैशाख ११ गतेको हो। पृथ्वीचोक बसपार्कमा ना ४ ख ३७९२ नम्बरको बस पार्किङ गरेर राखिएको थियो। साँझ अन्दाजी पौने ७ बजेतिर बालकद्वय सुमित नेपाली र सुदीप परियार कुराकानी गर्दै बसभित्र बसिरहेका थिए। प्रहरीका अनुसार त्यही बेलामा बुद्ध परियार, करण नेपाली र अहिले सुधार गृह चलान भएका  समीर (नाम परिवर्तन) उक्त बसभित्र छिरे। बालक समीरले १२ वर्षका अर्का बालक सुदिप परियारसँग पैसा मागे। सुदिपले पैसा नदिएपछि समीरले लात्ती, मुक्काले हिर्काए। त्यसपछि पेट्रोल छर्किएर सुदीपको शरीरमा समीरले आगो लगाए। जसकारण सुदीको कम्मर, तिघ्रा, पेट, हिप लगायत शरीरको विभिन्न भाग जल्यो। आगोले बस समेत जलेको प्रहरीले उठाएको घटनास्थल मुचुल्कामा उल्लेख छ।

आफ्नो १२ वर्षका छोरालाई पेट्रोल छर्किएर ज्यान मार्ने हिसाबले आगो लगाएको भन्दै सुदिपका बाबु सुलबहादुर दमैले प्रहरीमा जाहेरी दिए। सुलबहादुरको जाहेरीपछि कास्की प्रहरीले पेट्रोल छर्किएर आगो लगाएको आरोपमा बालक समीरलाई पक्राउ गर्‍यो। 

समीर, सुदीप परियार, सुमित परियार, बुद्ध परियार, करण नेपाली पोखराको एउटै ठाउँ पृथ्वीचोक कृष्णटोलमा बस्ने मिल्ने साथी हुन्। सुदिप र सुमित बसभित्र बसिररहेको देखेपछि मिनरल वाटरको बोतलमा पेट्रोल लिएर आफू बसभित्र प्रवेश गरेको समीरले प्रहरीसमक्ष बयान दिएका छन्। ‘सुदिप र सुमितलाई आधा आधा पेट्रोल बाँडिदिए। उनीहरु दुबै जना पेट्रोल सुँध्न थाले। मैले पेट्रोल बाँड्ने क्रममा पोखिएर सुदिपको कपडामा लाग्यो। बसमा पनि पोखियो,’ प्रहरीले सरकारी वकिलसमक्ष बुझाएको अनुसन्धान प्रतिवेदनमा समीरले दिएको साबिती बयानमा उल्लेख छ, ‘पेट्रोल दिएपछि ५० रुपैयाँ माग्दा १० रुपैयाँ मात्रै दिए। त्यसपछि मलाई रिस उठ्यो। कुटपिट गर्दै सुदिपको शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएँ।’

Ncell 2
Ncell 2

आगो लागेपछि घाइते भएका सुदिपको सुरुमा गण्डकी अस्पताल पोखरामा उपचार भएको थियो। त्यसपछि अहिले उनको काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनको मेडिकल रिपोर्टमा शरीरको ३५ प्रतिशत भाग जलेको उल्लेख छ।

बालकलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान भएपछि उनको वास्तविक उमेर कति रहेछ, के कारण ज्यान मार्ने उद्योगसम्मको हर्कत ती बालकले गरे भन्नेबारे अनुसन्धान भएको थियो। सो क्रममा श्री सहारा बाल आधारभूत विद्यालय पोखरा, शिवटोलको रेकर्ड अनुसार आरोपित समीरको जन्म २०६५ वैशाख ३१ रहेको पाइयो। अदालतले आरोपित भनेका बालक समीरसँग पनि घटनाबारे सोधपुछ गर्‍यो। समीरले प्रहरीमा दिएको साबिती बयानभन्दा केही फरक बयान अदालतमा बालकले दिएको न्यायाधीश भट्टराईले बताए। अदालतमा दिएको बयानमा समीरले  सुदिप र समित बसभित्र बसेर पहिल्यै पेट्रोल सुँघिरहेका बेला आफू पुगेको बताएका छन्। ‘पेट्रोल सुदिपको कपडा र बसमा पोखिएको र मैले चुरोट सल्काउँदा चुरोटको ठुटोले भेटेर आगो लागेको हो,’ अदालत समक्ष बयानका क्रममा समीरले भनेका छन्। 

आफूलाई समेत आगोले पोलेको र घाइतेलाई समेत आफैंले अस्पताल पुर्याएकाले ज्यान मार्ने उद्योग नभएको बालक समीरको भनाइ छ। 

समीरले अदालतमा इन्कारी बयान दिए पनि प्रहरीमा घटनाबारे स्वीकार गरेको, ५० रुपैयाँ माग्दा १० मात्रै दिएर ४० रुपैयाँ पछि दिउँला भनेपछि विवाद भएको देखिएको, समीरसँगै बसभित्र प्रवेश गरेका अन्य बालकहरु (सूर्यबहादुर, बुद्ध, सरस्वती विक) ले पनि समीरले नै आगो लगाएको भन्ने बयान दिएको, किटानी जाहेरी, घटनास्थल मुचुल्का लगायतबाट तत्काल समीर निर्दोष हुन् भन्ने सक्ने अवस्था नरहेको भन्दै न्यायाधीश भट्टराईको इजलासले आइतबार उनलाई सुधार गृह पठाउने आदेश दिएको छ। 

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा २४ को उपदफा (२) बमोजिम उनलाई आइतबार बाल सुधार गृह सराङकोट पठाइएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
पौडी खेल्न गएका ३ बालिकाको मृत्यु शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्