काठमाडौं- एनएमबि बैंकले साढे ८ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गरेको छ।
बैंकको ऋणपत्रमा छिटोमा ५ गते र पर्याप्त आवेदन नपरेमा १६ गतेसम्म आवेदन दिन सकिने छ।
प्रति कित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाख मध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक जारी गरेको हो ।
अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने छ । यसमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र ’प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री गरिने छ ।
बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकी ऋणपत्र भने सर्वसाधारणले खरिद गर्न पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।