काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान)को मूल्य बढाएको छ।
निगमले जेठ २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान)को मूल्य लिटरमा २ रुपैयाँका दरले बढाएको हो।
लिटरमा २ रुपैयाँले बढेसँगै पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलवको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ।
निगमले भने मूल्य बढाएपछि पनि आफूलाई घटा रहेको जिकिर गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।