काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट बजेट नल्याउने संकेत गरेका छन्। उनले सदनमै बजेट पेश गरिने बताए।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुले अध्यादेशबाट बजेट ल्याउने तयारी भइरहेको हो? भन्ने प्रश्न गरेपछि प्रधानमन्त्रीले छोटो उत्तर दिए–प्रतिनिधि सभा जीवितै छ।
सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरिहेको हो कि भन्ने आशंकाबीच प्रधानमन्त्री ओलीले यसबारे स्पष्ट पारेका हुन्।
संविधानको धारा संविधानको धारा ११९ को उपधारा ३ बमोजिम अर्थमन्त्रीले प्रत्येक वर्षको १५ जेठमा संघीय संसदमा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
त्यसअघि प्रि–बजेट छलफल गर्ने गरिन्छ। बजेटका सिद्धान्त र प्राथमिकतामा १५ दिन अघि नै प्रतिनिधि सभामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। तर, यो समय घर्किसक्यो।
सरकारको प्राथमिकता अन्यत्रै पर्दा प्रतिनिधि सभा नियमावली र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन अनुसार १५ दिनअघि संसदमा पुग्नुपर्ने बजेटका प्राथमिकता र सिद्धान्त अर्थ मन्त्रालयमै थन्किएका छन्।
जनताका प्रतिनिधिहरु प्रतिनिधि सभाका सांसदहरुले जानकारी पाउनुपर्ने र उनीहरुले जनताको सुझाव दिनुपर्ने कानुनी व्यवस्था सरकारले मिचिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।