काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता जारी छ।
दिउँसो साढे १ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भइरहेको छ। पूर्व विवाद समाधानका लागि सकारात्मक दिशामा अघि बढिरहेका एमालेका दुई पक्षको आइतबारको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ।
दुई नेताबीच भएको भेटले समस्या समाधानका लागि कार्यदलको नाम टुंग्याउने बुझिएको छ। यसअघि अध्यक्ष ओली र नेता नेपालबीच एकपटक र दुई पक्षका नेताहरुसहित एकपटक वार्ता भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।