• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

रक्सी पिएपछि शरीरमा कति समयसम्म बस्छ?

64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  ०६:५०
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम ह्वात्तै बढेसँगै धेरैको जीवनचर्या बदलिएको छ। सुरूसुरूमा यो तनाव भुल्न भन्दै कतिपयले अल्कोहलमा जोड दिए पनि अल्कोहल सेवनले संक्रमणका बेला स्वास्थ्य थप जटिल बनाउनसक्ने सुझाव चिकित्सकहरूले दिएपछि धेरैले पछिल्लो समय अल्कोहलको सेवन कम गरेका छन्। कोरोनाको डरजस्तै धेरैलाई अल्कोहलको पनि डर बढेको छ।

त्यसको कारणचाहिँ रक्सी सेवन गरेपछि अल्कोहल शरीरका सबैजसो अंगप्रत्यंग र कोष-कोषमा पुग्ने अनि लामो समयसम्म शरीरमा अल्कोहल रहिरहनु पनि हो। तपाईंले रक्सी सेवन गरेको कति समयसम्म शरीरमा अल्कोहल रहन्छ त? यहाँ हामीले त्यसका केही प्रमाणित तथ्यहरू केलाउने प्रयास गरेका छौं।

०००

तपाईंलाई जान्न मन होला, एकचोटी या दुईचोटी रक्सी खाँदा त्यो शरीरको प्रणालीमा कति समयसम्म रहन्छ? आखिर रक्सीले हाम्रो मस्तिष्कको शक्तिलाई असर पार्छ। यसकै कारण कतिपय औषधिले समेत अल्कोहल शरीरमा रहेका बेला राम्रो काम गर्न सक्दैनन्।

तपाईंको शरीरले कति छिटो रक्सी पचाउन सक्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक पर्छ। रक्सी मापन गर्ने तरिकाले पनि तपाईंको शरीरमा घण्टा, दिन या हप्तासम्म मात्रा देखाउन सक्छ। 

यहाँ, हेपाटोलोजिस्ट जामिल वाकिम फ्लेमिङले शरीरमा कसरी रक्सीले छुटकारा पाउँछ र यो प्रक्रियामा शरीरलाई कस्तो असर पार्छ भन्ने व्याख्या गरेकी छन्।

शरीरले रक्सी कसरी पचाउँछ?
जब रक्सी पचाउने कुरा आउँछ, हाम्रो शरीरको कलेजोले यसमा बढी ध्यान दिन्छ। तर, रक्सी पचाउने कुरा कलेजोले मात्रै भने धान्न सक्दैन। 

पेटको भूमिका
जब तपाईं रक्सी पिउनुहुन्छ, यसको रोकिने पहिलो स्टेसन हुन्छ पेट। डा. वाकिम फ्लेमिङ व्याख्या गर्छिन्, ‘केही मानिसको पाचन प्रणालीका कारण रक्सी पचाउन मद्दत पुग्छ। त्यस्ता पाचन गराउने तत्वकै कारण केही मात्रामा रक्सी भने रगतका धमनीमा जानबाट बञ्चित हुन्छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

तर, सबैमा यस्तो पचाउने इन्जाइम हुँदैन। यस्तोलाई अल्कोहल डिहाइड्रोजेनिज (एडीएच) र अल्ड्रोडाइड डिहाइड्रोजेनिज (एएलडीएच) भनिन्छ।

अध्ययनले देखाएअनुसार महिलामा एडीएचको मात्रा पुरुषको तुलनामा कम हुन्छ। त्यस्तै कहिलेकाहीँ पिउने मानिसको तुलनामा नियमित पिउने मानिसको पनि एडीएच कम मात्रामा हुने डा. वाकिम फ्लेमिङ बताउँछिन्।

यदि तपाईंसँग प्रशस्त मात्रामा एडीएच अथवा एएलडीएच छैन भने तपाईंको पेटले रक्सीलाई सीधै सानो आन्द्रामा पठाइदिन्छ। त्यहाँबाट रक्सीले तपाईंको रक्तप्रवाह र मस्तिस्कमा ठक्कर दिन्छ। यसैबाट रक्सीको असर देखिन सुरू गर्छ।

दोस्रो स्टेसन : कलेजो
कलेजोमा पुगेपछि भारी मात्रामा शरीरले रक्सी प्रशोधन गर्छ। पेट, सानो आन्द्रा, रक्तनली हुँदै रक्सी बगेपछि बलेजोले यसलाई सफा गर्न थाल्छ। यसले रगतबाट लगभग ९० प्रतिशत रक्सी सफा गर्छ। बाँकी सबै मिर्गौला, फोक्सो र छालाबाट निस्कन्छ। 

Xtrem

Xtrem

रक्सी पचाउन कत्ति समय लाग्छ?
रक्सी शरीरबाट प्रशोधन हुने समय पिउने मान्छेको मात्रा र शक्तिमा भर पर्छ।  डा. वाकिम फ्लेमिङ भन्छिन्, ‘जति पिउँछौ, त्यति नै मात्रामा शरीरले प्रशोधनको प्रक्रियामा समय लगाउँछ। त्यस्तै रक्सीको प्रकारले पनि फरक पार्छ।’

एक पटकमा शरीरले पचाउने रक्सीको मानक मात्रा १४ ग्राम हो। यसको भिन्न मात्राहरू छन्:

  • एक क्यान अर्थात् १२ औंस नियमित बियरमा पाँच प्रतिशत इथानोल हुन्छ। 
  • पाँच औंस अर्थात् एक गिलास वाइनमा १२ प्रतिशत इथानोल हुन्छ। 
  • एक दशमलव पाँच औंस अर्थात् एक सट विशुद्ध स्प्रिट रक्सीमा ४० प्रतिशत इथानोल हुन्छ। 

पिइसकेपछि ६० देखि ९० मिनेटको समयमा रक्सी प्रशोधनका लागि रगतको तीव्रस्तरमा पुग्छ। त्यसपछि शरीरलाई तोड्न सुरू गर्छ। शरीरबाट रक्सीले पूर्णरूपमा छुटकारा पाउन २५ घण्टा लाग्छ। 

रक्सी पचाउन प्रभाव पार्ने अन्य कारकहरू
तपाईंको शरीरमा रक्सी कति समयसम्म रहन्छ भन्ने कुराको कुनै टुंगो छैन। त्यसैले यसबाट छुटकारा पाउने कुरा पनि तपाईंकै कामकारबाहीमा भर पर्छ। 

रक्सी र औषधि एकैचोटी लिन हुँदैन। यसले रक्सी र औषधिको खतरनाक अन्तरक्रिया हुनसक्छ। कुनै औषधि सेवन गर्दा रक्सी सुरक्षित छ कि छैन भनेर डाक्टरलाई सोध्न नछुटाउनुहोस्। कतिपय अवस्थामा डाक्टर आफैंले औषधि लिउन्जेल रक्सी नपिउन भन्छन्। त्यसलाई गम्भीर रूपमा लिनुहोस्। 

लैंगिक हिसाबले हेर्ने हो भने पुरुषको तुलनामा महिलालाई रक्सी पचाउन वा प्रशोधन हुन धेरै समय लाग्छ।

उमेरको हिसाबले हामी जति बुढो हुँदै जान्छौं, या उमेर बढ्दै जान्छ रक्सी प्रशोधनको गति पनि कम हुँदै जान्छ।

शारीरिक वनोटअनुसार जति दुब्लो हुनुहुन्छ, त्यति शरीरमा पानीको मात्रा कम हुन्छ। रक्सी पानीसँग मिसिएर रगतमा जाने हो। यदि तपाईंको शरीरमा पानीको मात्रा कम छ भने रगतमा रक्सीको एकाग्रता जसलाई ‘बल्ड अल्कोहल कन्र्सनटेसन (बीएससी)’ भनिन्छ, त्यो उच्च हुन्छ। दुब्ला र साना मानिसले ठूला र मोटा मान्छेलेजत्तिकै रक्सी पिउन सक्छन् तर दुब्लामा मोटाको तुलनामा उच्च मात्रामा बीएसी हुन्छ।

स्वास्थ्य अवस्थाका हिसाबले यदि तपाईंलाई मिर्गौला, कलेजो र पेटको समस्या छ भने रक्सी प्रशोधन हुन गाह्रो हुन्छ।

परीक्षण गर्दा शरीरमा रक्सी कति समयसम्म पत्ता लाग्न सक्छ?
शरीरमा अल्कोहल परीक्षणको परीक्षा पास गर्ने या नगर्ने कुनै ठोकुवा हुँदैन। अझै संवेदनशील या उच्च गुणस्तरको परीक्षणले भने थोरै मात्राको अल्कोहलसमेत पत्ता लगाउन सक्छ। रक्सी प्रशोधनका लागि सबैको आफ्नै प्रक्रिया हुने भएकाले केहीलाई लामो समय पनि लाग्न सक्छ।

सामान्यतया लामो समयसम्म पत्ता लाग्न सकिने परीक्षण यस्ता छन्:

  • रगत परीक्षणले १२ घण्टासम्म शरीरमा अल्कोहलको मात्रा पत्ता लगाउँछ। 
  • स्वास परीक्षणले २४ घण्टा, र्‍याल परीक्षणबाट ४८ घण्टासम्म शरीरको अल्कोहल पत्ता लगाउँछ।  
  • त्यस्तै पिसाब परीक्षणले पाँच दिन र कपाल परीक्षणले ९० दिनसम्म अल्कोहल पत्ता लगाउँछ। 

खाना या कफीले अल्कोहल छिटो हटाउँछ?
खाना खाँदा या कफी पिउँदा शरीरले अल्कोहलको प्रयोगमा परिवर्तन ल्याउन सक्छ। तर यी चमत्कारिक उपाय भने हैनन्, शरीरबाट रक्सी हटाउनका लागि। 

खानाले अल्कोहल प्रशोधन कसरी बदल्छ?
खानाले तपाईंको शरीरको प्रक्रिया परिवर्तन गर्छ, तर यसले अल्कोहल शरीरबाट प्रशोधन गर्ने भने हैन। जब खाली पेटलाई खानेकुराले हिर्काउँछ, यो तुरुन्तै सानो आन्द्राबाट रगत प्रवाह भएतिर लाग्छ। डा. फ्लेमिङ भन्छिन्, ‘खानापछि तपाईं बढी मातेको महसुस गर्नुहुनेछ र अझ विषाक्त असर पेट दुख्ने, ह्याङओभर हुने हुन्छ।’

अर्कोतर्फ खानाले केही समयसम्म रक्सी पेटमै अल्झन्छ। फ्लेमिङ भन्छिन्, ‘सानो आन्द्रामा पुग्नुभन्दा अघि नै तपाईंको पेटले केही रक्सी कम गर्ने समय पाउँछ। यसले रक्सीको बिषाक्त असरबाट बच्न सकिन्छ।’

क्याफिन र रक्सी
रक्सी एकदमै निद्रा लगाउने लत हो। यसले तपाईंलाई निदाउरो देखाउँछ। तर, क्याफिन अर्थात् कफी भने एकदमै उत्तेजक सक्रिय पेयपदार्थ हो। यसले रक्सीको असर उल्ट्याउन केही हदसम्म सफल हुन्छ।

तर, यी दुईको विपरीत सम्बन्ध भए पनि रक्सी पिएलगत्तै कफी पिउनु हुँदैन। यसरी दुवै मिसाएर पिउँदा रक्सीले मात्तिएको महसुस हुँदैन र आफ्नो पिउने मात्रा गडबड हुनसक्छ। डा. फ्लेमिङ भन्छिन्, ‘तपाईंलाई रक्सीले मात्तिएको थाहा नपाएर धेरै मात्रा लिनुभयो भने, शरीरबाट त्यसलाई छिटो प्रशोधन हुन समस्या पर्छ।’

(क्लिभ्ल्याण्डक्लिनिक डटओआरजीबाट सम्पादनसहित)

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्