काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता एवं प्रतिनिधिसिभा सांसद योगेश भट्टराईले बासी र पुराना प्रश्न गरेर सरकारको नीति तथा कार्यक्रमलाई अलमलमा नपार्न आग्रह गरेका छन्। संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता भट्टराईले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपालको मार्गचित्र कोरेको दाबी गरे।
‘आफ्नै मनको बाघले लखेटिएको वर्तमान प्रतिपक्षी आफैं भय, त्रास अन्योल, अनिश्चय र द्विविधाको शिकार बनेको जस्तो लाग्छ। ऊ आफ्नै इतिहासको गह्रुंगो भारीले थिचिएको जस्तो लाग्छ।
प्रतिपक्षीका माननीयज्युहरुको अभिव्यक्ति बासी प्रश्नको पुलिन्दाजस्ता छन्,’ उनले प्रतिपक्षीहरुलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै भने, ‘समय र 8ले ताजा प्रश्न खोजेको छ। ताजा उत्तर पनि खोजेको छ। बासी र पुराना प्रश्नमा अलमल्याएर सत्ता पक्षलाई अल्छी नबनाउन म प्रतिपक्षीका माननीय सदस्यहरुलाई अनुरोध गर्छु।’
सरकारले लोकतन्त्रलाई पद्धति मात्रै नभई संस्कृतिका रुपमा अवलम्बन गर्दै आएकोे स्मरण गराउँदै २०४८ सालको संसद्मा जस्तो वर्तमान समयमा प्रतिपक्षले उपेक्षा र निषेधको अनुभव गर्नुनपर्ने बताए। उनले तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीमाथि गरिएको अमानवीय र संवेदनहीन व्यवहार वर्तमान संसद्मा पुनरावृति हुन नदिने भन्दै प्रतिपक्षीलाई रचनात्मक भूमिका निर्वाहमा सक्रिय बन्न सुझाव दिए।
नीति तथा कार्यक्रममा ‘सपना धेरै’ भएको भन्ने टिप्पणीप्रति लक्षित गर्दै नेता भट्टराईले सपना ज्युँदा मान्छेले देख्ने र ज्युँदा मान्छेको ज्युँदो सरकार भएकाले धेरै सपना देखेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।