काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बिमा योजना’ ल्याएको छ। कम्पनीले सुरक्षित जीवन बिमा योजनाको सफलतापश्चात् अझ परिस्कृत रूपमा नयाँ योजना ल्याएको जानकारी दिएको छ।
यस योजनाअन्तर्गत १८ देखि ७० वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले बिमा गर्नसक्ने छन्। नौलो सुरक्षित जीवन बिमा योजनामा आम्दानीको आधारमा अधिकतम बिमांक छनोट गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
‘यस बिमा योजनाअन्तर्गत बीमितले बिमालेख चालु रही बिमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा ‘बिमालेखमा उल्लेख भएको बिमांक रकम र आर्जित बोनस’ बिमा अवधि समाप्तीमा एकमुष्ट प्रदान गर्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, बिमालेख चालु रही बिमा अवधिभित्र जुनसुकै कारणबाट (बिमालेखअन्तर्गत नपर्ने जोखिमहरूबाहेक) बीमितको मृत्यु भएमा ‘बिमांक रकम र आर्जित बोनस’ एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख जनाएको छ।
‘यदि दुर्घटना मृत्युलाभ सुविधा थप लिएको छ भने चालु बिमालेखअन्तर्गत बिमा अवधिभित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बिमालेखमा उल्लेख भएको बिमांक रकम, दुर्घटना मृत्यु लाभ सुविधाबापतको बिमांक रकम र आर्जित बोनस रकम’ एकमुष्ट भुक्तानी पाइनेछ,’ विज्ञप्तिमा उल्लेख छ।
यस योजनाअन्तर्गत वार्षिक रूपमा बिमाशुल्क भुक्तान गर्दा कम्पनीले एक प्रतिशतसम्म छुट प्रदान गर्नेसमेत जाकारी दिएको छ। बीमितको आवश्यकता तथा सुविधालाई मध्यनजर गर्दै यस बिमा योजनामा तीन वर्षको बिमाशुल्क भुक्तान गरी तीन वर्ष पूरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बिमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण सुविधा लिन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।