काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित एमाले शीर्ष नेताहरूको वार्ता सिंहदरबारमा जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी वार्तामा ओलीसहित उनी पक्षका नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पाैडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन्।
त्यसैगरी, एमाले वरिष्ठ नेता नेपालसँगै उनको पक्षबाट स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी छन्।
वार्तामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि सहभागी छन्।

ओली र नेपालबीच बिहीबार पार्टीभित्रका समस्या समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो। कार्यदल बन्न बाँकी नै रहेका बेला शीर्ष नेताहरुसहित वार्ता चलेको हो।
नेपाल पक्षको वार्ता टोलीलाई केन्द्रीय सदस्यहरूले २०७५ जेठ २ अघिको स्थायी कमिटीको बैठक बसेर विवाद मिलाउन, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सबै विवाद समाधान गर्न र नभए सामूहिक राजीनामा दिने अडान राख्न कार्यादेश दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।