काठमाडौं- केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७७/७८ मा गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा राष्ट्रिय वार्षिक कूल गार्हस्थ उत्पादनको वृद्धिदर (जीडीपी) बढ्ने अनुमान गरेको छ।
तर, विभागले चालु आर्थिक वर्ष पनि आर्थिक विकासका दृष्टिकोणले अपेक्षितरुपमा उत्साह नदेखिएको जनाएको छ। तथापि, कोभिडले विश्वव्यापी आर्थिक र सामाजिक क्रियाकलापमा पारेको नकारात्मक प्रभावलाई हेर्ने हो भने यस वर्षका राष्ट्रिय वार्षिक कूल गार्हस्थ उत्पादनको आर्थिक वृद्धिदरको अनुमान उपभोक्ताको मूल्यमा ४ दशमलव ०१ प्रतिशत हुनुलाई सन्तोषजनक नै मान्नु पर्ने विभागको भनाइ छ।
अघिल्लो आर्थिक वर्ष वृद्धिदर २ दशमलव ०९ प्रतिशत ऋणात्मक रहेको विभागको भनाइ छ। विभागले चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ४२ खर्ब ६६ अर्ब पुग्ने अनुमान समेत गरेको छ।
जसमा सबैभन्दा बढी बागमती प्रदेशको १६ खर्ब ७ अर्ब अर्थात ३७ दशमलव ७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको १ खर्ब ७२ अर्ब अर्थात् ४ प्रतिशत योगदान रहेने विभागको अनुमान छ।
यसैगरी, प्रदेश १ को कूल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य ६ खर्ब ६४ अर्ब हुने अनुमान विभागको छ। यो राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्य हिस्सा १५ दशमलव ६ प्रतिशत हो। प्रदेश १ को गत आवमा वृद्धिदर १ दशमल २ प्रतिशतले ऋणात्मक थियो भने चालु आवमा ३ दशमलव ६ प्रतिशत रहने विभागको अनुमान छ।
यसैगरी, प्रदेश २ कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्य ५ खर्ब ६२ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। यो राष्ट्रिय तहको कूल
गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा १३ दशालव ३ प्रतिहत हो।
गण्डकी प्रदेशको कूल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य ३ खर्ब ७२ अर्ब हुने अनुमान गरिएको छ। जुन राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा ८ दशमल ८ प्रतिशत योगदान हो।
लुम्बिनी प्रदेशको कूल गार्हस्थ उत्पादन ५ खर्ब ९६ अर्ब हुने अनुमान विभागको छ। यो राष्ट्रिय उत्पादन उपभोक्ता मूल्यको १४ प्रतिशत प्रतिशत हो।
यसैगरी, सुदूरप्रश्चिम सरकारको कूल गार्हस्थ उत्पादन उपभोक्ता मूल्य २ खर्ब ९४ अर्ब हुने अनुमान गरिएको छ। जुन राष्ट्रिय तहमा ७ प्रतिशत हो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।