फाइल तस्बिर
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जसपाकै महन्थ-राजेन्द्र पक्षले बाटो बिराएको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा दोस्रो डोज खोप लगाएर निस्किने क्रममा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
बिहीबारबाट तपाईंको पार्टीका दुई पक्षको बाटो फरक भएको हो? भन्ने प्रश्नमा प्रतिक्रिया दिँदै उनले भने, ‘केही साथीहरु फरक बाटोमा हिँड्नुभएको हो। बाटो नै बिराउनुभएको छ।’
त्यो बाटोले उनीहरु आफैंलाई र मुलुकलाई कहाँ पुर्याउने भन्ने विषयमा उनीहरुलाई नै जानकारी नभएको यादवले बताए।
आफूहरु राजनीतिक कोर्स करेक्सनमा लागे पनि सुधार्न नसकेको बताउँदै अर्को पुस्ताले पनि संघर्ष गर्नुपर्ने आशंका जागेको बताए। मुलुकलाई सही बाटोमा हिँडाउन लागिपरेको उनले बताए।
देशको राजनीतिमा बाह्य चलखेल रहेको संकेत गर्दै उनले भने, ‘मुलुकको राजनीति यहाँका पार्टीहरुको हातबाट बाहिर नजाओस् भन्ने प्रयासमा पनि हामी छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।