फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक बस्ने भएको छ। नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक बस्न लागेको हो।
शुक्रवार दिउँसो २ बजे भर्चुअल बैठक बस्न लागेको नेता ठाकुर गैरेले जानकारी दिए।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता भएको थियो। उक्त वार्ता सकारात्मक भएपछि नेपाल पक्षका सांसदहरुले दिने भनिएको राजीनामा रोकिएको थियो।
नेपाल पक्षको आजको बैठकमा ओलीसँग भएको वार्ता, आगामी रणनीति बारे छलफल हुने नेताहरुले बताएका छन्।
ओलीसँगको वार्ता सकारात्मक भएको नेता नेपालले बताएका थिए।
सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाले नेकपाको एमाले र माओवादी केन्द्र साबिककै दलका रुपमा पुनःस्थापित भएका थिए।
एमाले ब्यूँतिएपछि ओलीले २८ फागुनमा पार्टी केन्द्रीय कमिटीको बैठक राखेर वरिष्ठ नेता नेपालसहितका नेताहरुको जिम्मेवारी खोसेका थिए। २८ फागुन पछि शुरु भएको एमाले भित्रको विवाद बिहीबार आएर मिल्ने दिशामा अगाडि बढेको नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।