काठमाडौं– सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।कम्पनीको सेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटलले कोभिडको जोखिमलार्ई ध्यानमा राखी फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीको आईपीओका लागि परेको आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदनमात्र योग्य भएको क्यापिटलको भनाइ छ।
कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन्। यीमध्ये थप ४ जनाले थप एक÷ एक कित्ताका दरले ११÷११ कित्ता सेयर हात पारेका छन्। बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको छ। ४ हजार ४४२ वटा आवेदन रद्द भएको छ।
आवेदकले नतिजा आइपीओरिजल्ट डट सीडीएससीडटकमडटएनपीबाट हेर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो ।
यसमध्ये कम्पनीले २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा सेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।