काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पद तथा गोपनियताको सपथ लिँदै छन्।
तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे सपथ लिने कार्यक्रम रहेको नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। आजै पहिलो चरणको मन्त्रिपरिषद्समेत विस्तार हुने उनको भनाइ छ।
साढे २ बजेका लागि शपथको तयारी गरिएको शिलतनिवास स्रोतले जनाएको छ। केही मन्त्रीहरुले पनि शपथ लिन सक्ने भएपनि सूची भने प्राप्त नभएको स्रोतको भनाइ छ।
प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा बिहीबार पुनः केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्
राष्ट्रपतिले दिएको समयसीमा भित्र नेपालको संविधानको धारा ७६ (२) बमोजिम विपक्षीले बहुमतसिद्ध गर्न नसकेपछि ठूलो दलको नेताका रुपमा पुनः ओली नै प्रधानमन्त्री बनेका हुन्।
राष्ट्रपतिले बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन्।
संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।