काठमाडाैं- बैंकहरुले अत्यावश्यक बाहेकका बाहेकका सेवा नदिने भएकाे छ। नेपाल बैंकर्स संघले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न आग्रह गरेको छ।
'डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ,' विज्ञप्तिमा भनिएकाे छ।
बैंकले ५० हजार भन्दा माथिको रकम जम्मा गर्नमात्रै बैंकमा आउन आग्रह गरेको छ। यसबाहेक खाताबाट नगद झिक्ने, रेमिट्यान्स, आरटीजीएस र अन्तर्राष्टिय व्यापार सम्बन्धी सेवा मात्रै दिने निर्णय गरेको छ। यस बाहेकका कामहरुका लागि डिजिटल कारोबार रोज्न संघको आग्रह छ।
यस्तै बैंकका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ।
ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरन्तर रहने संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।