काठमाडौं- मुगुका पत्रकार तथा नाट्य कलाकार सुमन मल्लको निधन भएको छ। सुइना कर्णालीका, कर्णाली दख्खिन बग्दोछ लगायतका नाटक लेखन र अभिनय गरेका उनले कर्णालीलाई काठमाडाैंमा चिनाउने कोशिस गरेका थिए।
दलित समुदायको पीडा प्रस्तुत गरिएको ‘सुइना कर्णालीका’मा हुड्के बनेर उनले दर्शकको वाहवाही पाएका थिए भने कर्णाली दख्खिन बग्दोछ पुन्नबहादुरको भूमिका निर्वाह गरेका थिए।
नाटकको पुन्नबहादुरको जस्तै कथा दुई वर्षसम्म सहेर उनले प्राण त्यागेका छन्। मधुमेह र उच्च रक्तचापबाट थलिएका ४२ वर्षीय मल्लको बुधबार राति ९ बजे निधन भएको हो। उपचारका खर्चको अभावले उनको मृत्यु भएका आफन्तले बताएका छन्।
मल्लका परिवारमा उनका आमासहित ६ जना छन्। उनका तीन सन्तानको खर्च अभावकै कारण पढाइमा समेत समस्या आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।