काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एक महिनाको लागि लक्षित गर्दै ‘लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डेटा प्याकेज र रिचार्जमा डेटा बोनस अफर योजना ल्याएको छ।
अनलिमिटेड डे डाटा प्याक अफर ३९ रूपैयाँमा उपलब्ध हुने टेलिकमको भनाइ छ। डेटा प्याकको स्पिड १ एमबीपीएससम्मको हुने र अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुने टेलिकमले जनाएको छ।
दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने टेलिकमको भनाइ छ। यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि पछि डेटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डेटा प्याक वा 'पे एज यु गो' उपयोग हुने टेलिकमको सुझाव छ।
यसैगरी, एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ।
२ सय देखि ४ सय ९९ रूपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डेटा उपलब्ध गराउने र सो डेटा २ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यसैगरी ५०० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १ हजार २४ एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।