काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गल्ती सच्याएको भन्दै सहमतिका लागि अघि बढ्नुपर्ने बताएका छन्।
एमालेको बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जनाको निलम्बन फुकुवा गरेको छ।
सोही विषयमा सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्। उनको धारणा छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो। अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ।'
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनी मन्त्री पदबाट राजीनामा दिँदै विरोधमा उत्रिएका थिए। नेपाल पक्षमा रहेका भट्टराई उक्त समूहले गर्न खोजिरहेको राजीनामा रोक्न सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।