काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षले कानुन व्यवसायीसँग छलफल गरेको छ।
एमाले वरिष्ठ नेता नेपालले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग कोटेश्वरस्थित निवासमा छलफल गरिरहेका हुन्।
वरिष्ठ नेता नेपाल पक्षले सांसदबाट राजीनामा दिने वा अन्य कुनै कानुनी विकल्प अपनाउने भन्ने बारे छलफल गर्न बोलाएको बैठकमा सहभागी एक कानून व्यवसायीले नेपाल लाइभलाई जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसारको बहुमतीय सरकार गठनका लागि दिएको म्याद आज राति सकिन लागेसँगै नेताहरुले छलफललाई तिव्रता दिएका छन्।
प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको पहल गरिरहेका छन् र त्यसका लागि उनले एमालेको माधव नेपाल पक्षको साथ खोजिरहँदा नेपालले कानुन व्यवसायीसँग छलफल गरेका हुन्।
माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिएर नयाँ गठवन्धन सरकार बनाउन सहयोग गर्ने कांग्रेसले अपेक्षा गरिरहेको छ। तर नेपाल समूहमा भने राजीनामा दिने र नदिने दुई पक्षमा सांसदहरु विभाजित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।