काठमाडौं– राष्ट्रिय जनमोर्चाले कारबाही गरेको भनिएका सांसद कृष्ण थापाले पार्टीले गरेको कारबाही नै गैरकानुनी भएको जनाएका छन्।
आफू माथिको कारबाही गैरकानुनी भएको पत्र प्रदेश प्रमुख सीता पौडेललाई पठाउँदै ‘सरकार निर्माणको विषयमा कुनै गठबन्धनमा नलागी तटस्थ’ रहने थापाले उल्लेख गरेका छन्।
‘संसदीय दलको नेता रहेकोमा गण्डकी प्रदेशको सरकार गठनको सन्दर्भमा मलाई संसदीय दलको नेता हटाउने र कारवाहीसमेत गर्ने भन्ने हल्ला चलाईएकोमा मेरो ध्यानाकर्षण भएको छ’ उनले पत्रका भनेका छन्, ‘म पार्टी कामका सिलसिलामा बाग्लुङमा रहेको अवस्थामा गैर संवैधानिक, गैर कानूनी रुपमा किर्ते, जालसाजीसमेत गरी कारबाही गर्ने एवं दलको नेताबाट बैधानिकता नदिनु हुन अनुरोध गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।