काठमाडाैं- आज मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन। नेपालका कलाकारहरूले पनि विभिन्न तरिकाले आमाको मुख हेर्ने दिनलाई मनाइरहेका छन्।
नायिका ऋचा शर्मा जो आफैं आमा बन्दैछिन्, उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो राखेर आमालाई सम्झिएकी छन्। उनले क्यापसनमा लेखेकी छन्,- आजलाई मात्रै हैन, सदैव मनमा हुनुहुन्छ।
त्यसो त नायिका शर्माले केहीदिन अघि मात्रै आमा खुवाउने औंशी विशेष भन्दै एउटा भिडियो युट्युबमा अपलोड गरेकी थिइन्। जसमा उनकी आमालाई मनपर्ने खानेकुराको रेसिपीसहितको परिकार बनाइरहेको देख्न सकिन्छ।
त्यस्तै, अर्की नायिका बेनिशा हमालले पनि आमासँगको तस्विर सामाजिक सञ्जालमा राख्दै 'तिमी छौ र त जिन्दगी सहज छ' भनेर लेखेकी छन्। अर्की नायिका वर्षा शिवाकोटीले आमाको फोटो फेसबुकमा पोष्ट गरेकी छन्। क्यापसनमा लभको इमोजीबाहेक अरु शब्दहरु भने लेखेकी छैनन्।
नायिका केकी अधिकारीले भने आमाका कुनै तस्वीर राखेकी छैन्। तर, निकै मन छु स्टेटस लेखेकी छन्। आमा सम्बन्धी भावना लेख्दै उनले सम्पूर्ण आमाहरूमा समर्पण गरेकी छन् :
आमा भएर बोकी हेर सन्तानका पीरहरू
आमा भएर बाँडी हेर सन्तानका खुशीहरू
आफ्ना लागि त सबै बाँच्दछन् यस लोकमा
अरुको लागि बाँची हेर सन्ताप अनि दु:खमा
नायिका सुरक्षा पन्तले भने आफूले अभिनय गरेको फिल्म आमा सेयर गरेर मातातिर्थ औंशीको शुभकामना दिएकी छन्। उनले शुभकामनासँगै स्वस्थ र फुर्तिलो रहन आग्रह पनि गरेकी छन्।

त्यस्तै, नायिका मिथिला शर्मालाई सामाजिक सञ्जालमा धुमधामसँग आमाको मुख हेर्ने दिनले छोएको छ। उनले दुईओटा पोष्ट फेसबुकमा श्यर गरेकी छन्।
पहिलो पोष्टमा उनले सम्पूर्ण आमाहरूमा नमन गर्दै भनेकी छन्, 'जसले जन्माएका सन्तान कोरोना कहरको स्वार्थ त्यागेर देवदूत बनेर सेवा गरिरहेका छन्।' उनको पहिलो पोष्ट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबै सेवाकर्मीलाई छ भने दोस्रो पोष्ट आफूलाई जन्म दिने आमाका लागि।
उनले आमासँगको फोटो श्यर गर्दै आमाको नाममा लेखेको कविता पोष्ट गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।