भारत–इदको मौका पारेर मे १३ मा प्रर्दशनमा आउन लागेको फिल्म राधेका लागि यतिबेला बलिउड अभिनेता सलमान खान व्यस्त बनेका छन्।
यहि सिलसिलामा उनले भारतीय सञ्चार माध्यम आजतकलाई फिल्म ओटीटीमा प्रर्दशन गर्दा नोक्सान भएपनि सहने बताएका छन्।
सलमानले फिल्म संगिल या मल्टिप्लेक्स हलमा प्रदर्शन हुने खालको भएपनि ओटीटीमा प्रर्दशन गर्ने भएका हुन्। उनले लकडाउन खुलेपछि फिल्मलाई हलमा पुनः प्रर्दशन गर्ने बताएका छन्।
आफूले प्रदर्शन मिति तोकेको बेलादेखि कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै सलमानले फ्यानसँगको बाचा तोड्न नसकेर ओटीटी रोजेको बताए।
सलमानले ठट्यौली पारामा भने, 'घरमै बस्नुस्, जी ५ एपमा फिल्म हेर्नुस्, अनि रिक्सा टेम्पोको भाडा, पपकर्नको पैसा पनि जोगाउनुहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।