• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डाक्टर बन्न किर्ते कागजात : कन्सल्टेन्सीले ‘नक्कली कागजपत्र’ बनाएको सिआइबीको निष्कर्ष

64x64
नारायण अधिकारी मंगलबार, वैशाख २८, २०७८  ०७:०६
1140x725

काठमाडौं– शैक्षिक प्रमाणपत्र कीर्ते गरेर नक्कली प्रमाणपत्रका आधारमा डाक्टरी अध्ययन गरेको आरोप लागेका ७ जना डाक्टरसहित दुई कन्सल्टेन्सी सञ्चालकहरुमाथिको अनुसन्धान सकिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा पेश गरेको छ। 

२५ दिन लामो अनुसन्धान गरेर सोमबार रायसहित फाइल सरकारी वकिल कार्यालयमा पेश गरिएको सिआइबीका प्रवक्ता तथा एसपी गंगा पन्तले बताइन्।

एसएलसी लगायतका शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सप्तरी विष्णुपुर–२ घर भई न्यूरो अस्पताल विराटनगरमा कार्यरत २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो–६ घर भई जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका–५ घर भई दिर्घायु गुरु अस्पताल चाबहिलमा कार्यरत २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङ घर भई चौरजहारी अस्पतालमा कार्यरत रहेका दिपेन्द्र गौतम पक्राउ परेका थिए। उनीहरुसँगै सप्तरी मकरपुरा–९ घर भएका ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भई भक्तपुर बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका–२ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पनि पक्राउ परेका थिए।

उनीहरुका शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा बागबजारस्थित दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक महोत्तरीका अरुण चौधरी, बागबजारमै रहेको ग्लोबल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानलाई सिआइबीले पक्राउ परेका थियो। 

पक्राउ परेका ९ जनालाई लिखत सम्बन्धी कसुरमा मुद्दा चलाउन भन्दै रायसहितको अनुसन्धान प्रतिवेदन सिआइबीले बुझाएकोे छ। उनीहरु सबैलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनेपर्ने भन्दै रायसहित प्रतिवेदन बुझाइएको एसपी पन्तले नेपाललाइभलाई जानकारी दिइन्।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ मा लिखत सम्बन्धी कसुरको बारेमा उल्लेख छ। परिच्छेद २५ को दफा २७६ मा कसैले पनि कीर्ते गर्नु वा गराउनु नहुने उल्लेख गरिएको छ। राष्ट्रपति र प्रदेश प्रमुखबाट प्रमाणिकरण भएको र अदालतको फैसला वा आदेश बाहेक अन्य कागजात कीर्ते गर्नेलाई सरकारी वा सार्वजनिक लिखतसम्बन्धी मुद्दा लाग्ने उल्लेख छ।

पक्राउ परेकाहरुलाई लिखत सम्बन्धी कसुरको सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुरमा सजाय माग गर्दै सिआइबीले फाइल पेश गरेको हो।

कन्सल्टेन्सी र विद्यार्थीको भनाई बाझियो
पक्राउ परेका कन्सल्टेन्सी सन्चालक र विद्यार्थीहरुले भने एक अर्कालाई दोषी देखाएर उम्कने प्रयास गरेका छन्। उनीहरुको बयान नै एक आपसमा बाझिएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। विद्यार्थीहरुले भने डकुमेन्ट कीर्ते गर्ने काममा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कन्सल्टेन्सीमा आफूहरुले डकुमेन्ट दिएको र कन्सल्टेन्सीले नै सबै प्रोसेसिङ गर्ने भएकाले नक्कली डकुमेन्ट बन्यो या बनेन भन्ने आफूहरुलाई जानकारी नै नभएको उनीहरुको तर्क छ। कतिपय विद्यार्थीले भने पक्राउ परेपछि मात्रै आफ्नो डकुमेन्ट कीर्ते गरेर बनाइएको थाहा पाएको दाबी गरेका छन्।

उता कन्सल्टेन्सी सञ्चालकले भने आफूले विदेश अध्ययनका लागि प्रोसेसिङ मात्रै गरेकाले यसमा विद्यार्थी आफैं जानकार हुनुपर्ने दाबी गरेका छन्। ‘सबै डकुमेन्ट विद्यार्थीले नै ल्याएर दिने हो हामीले त प्रोसेसिङ मात्रै गरिदिने हो। यसमा हाम्रो कुनै संलग्नता छैन’ पक्राउ परेका कन्सल्टेन्सी सञ्चालकको बयान उद्दृत गर्दै एक अधिकारीले भने, ‘सर्टिफिकेट, नागरिकतादेखि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर र नेपाल मेडिकल काउन्सिल (एनएमसी)को डकुमेन्ट पनि विद्यार्थीले नै ल्याउने हो। यसमा हाम्रो संलग्नता छैन।’

कन्सल्टेन्सीले नै नक्कली डकुमेन्ट एनएमसीलाई बुझाएको सिआइबीको निष्कर्ष
एसएलसी र प्ल टु को नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धान गरेको सिआइबीले भने एउटा महत्वपूर्ण प्रमाण भेटाएको छ। शैक्षिक प्रमाणपत्र कीर्तेमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे पनि कन्सल्टेन्सीमार्फत नै नेपाल मेडिकल काउन्सिलमा (एनएमसी) मा नक्कली शैक्षिक प्रमाणहरु पुगेको प्रमाण सिआइबीले फेला पारेको छ। 

सिआइबीका प्रवक्ता पन्तले भनिन्, ‘कन्सल्टेन्सी सञ्चालकहरुको भूमिका चाहिँ के भन्नेबारे हामीले अनुसन्धान गर्दा उनीहरुले नै कीर्ते गरी नक्कली डकुमेन्ट बनाएको र कन्सल्टेन्सीमार्फत नै एनएमसीमा नक्कली डकुमेन्ट पुगेको प्रमाण फला परेको छ।’

विदेशमा एमएबिबिएस अध्ययनका लागि पेश गरिएका शैक्षिक प्रमाणपत्र मध्य कम अंक भएकाहरुलाई कन्सल्टेन्सीले नै कीर्ते गरी पेश गरेको निष्कर्ष सिआइबीको छ। उनीहरुको भिषा लागेपछि त्यसवापतको शुल्क लिनका लागि कन्सल्टेन्सीकै योजनामा यो काम भएको सिआइबीको निष्कर्ष छ। एमबिबिएस अध्ययनका लागि अंक पुग्नेहरुको पनि शैक्षिक प्रमाणपत्र कीर्ते हुनुलाई छात्रवृतिको लोभ देखाएर कन्सल्टेन्सीहरुले रकम असुलेको सिआइबीको निष्कर्ष छ।

आफू संलग्न नभएको दाबी गरे पनि कन्सल्टेन्सीको कीर्ते काम थाहा पाएर पनि चुप लाग्नु र आफ्नो डकुमेन्ट कीर्ते हुँदा विद्यार्थी पनि जिम्मेवार हुनपर्ने भन्दै उनीहरुलाई मुद्दा चलाउनुपर्ने राय सिआइबीको छ।

पुरानो केश र क्रस बोर्डर अनुसन्धान गर्नुपर्ने भएकाले जटिल : प्रवक्ता पन्त
झण्डै २५ दिन लामो अनुसन्धान सकेर रायसहित सरकारी वकिल कार्यालयमा फाइल पठाएको सिआइबीले भने पुरानो केश भएका अनुसन्धानमा केही समस्या देखिएको जनाएको छ। करिब एक दशक पुरानो केश भकाले धेरै प्रमाणहरु फेला पर्न गाह्रो भएको सिआइबीका प्रवक्ता पन्तले बताइन्।

उनका अनुसार यो केश पुरानो हुनाका साथै अन्तरदेशीय अनुसन्धान समेत गर्नुपर्ने भएकाले जटिल भएको उनको भनाई छ। ‘यसको रियल पिक्चर आउन बंगलादेशदेखि चीनसम्म अनुसन्धान गनुपर्ने हुन्छ’ प्रवक्ता पन्तले भनिन्, ‘क्रस बोर्डर अनुसन्धान गर्नुपर्ने भएकाले यसको अनुसन्धान निकै जटिल थियो।’

बंगलादेश, चीनमा अध्ययन गर्न पेश भएका डकुमेन्टलगायतको लिगेशी र तिनीहरुको प्रामाणिकरणसम्मको अनुसन्धान गर्नुपर्ने सिआइबीको तर्क छ। 

यस्तो छ डाक्टरहरुको वास्तविक शैक्षिक प्रमाणपत्र
चीनको हुबेई युनिर्भसिटी फर नेसनालिटीमा एमबिबिएस अध्ययन गररेका अखिलेशकुमार देवले मेडिकल काउन्सिलको परीक्षा दिन बाँकी नै छ। २०६४ सालमा महावीर मावि सप्तरीबाट ६१ एलएलसी उत्तिर्ण गरेका देवले जम्मा ६१ प्रतिशत अंक ल्याएका थिए। 

२०६७ सालमा छिन्नमस्ता एकेडेमीबाट प्ल टु उत्तिर्ण उनको प्राप्तांक ५५ प्रतिशत छ। तर उनको शैक्षिकप्रमाणपत्र कीर्ते गरी अंक बढाएर एमबिबिएस अध्ययन गरिएको थियो। उनले सन् २०२० मा एमबिबिएस सकेका थिए।

जनकपुरको चिल्ड्रेन अस्पतालमा कार्यरत रहेका सुभासप्रसाद साहले २०६३ सालमा सप्तरीको श्री योगकुमार उच्च माविबाट एसएलसी उत्तिर्ण गरेका थिए। त्यसबेला उनको प्राप्तांक ६१ प्रतिशत थियो। २०६६ सालमा प्लस टु उत्तिर्ण गर्दा उनको प्राप्तांक ५५ प्रतिशत छ। उनले सन् २०१७ मा बंगलादेशको ट्रष्ट मेडिकल कलेज चटगाउँ विश्वविद्यालयबाट एमबिबिएस उत्तिर्ण गरेका थिए। एनएमसीबाट अस्थायी चिकित्सा सेवा गर्न पाउने अनुमति साहले लिएका छन्। 

बंगलादेशकै इब्राहिम मेडिकल कजेलबाट एमबिबिएस उत्तिर्ण गरेका थिए फराज हुसेल खाँ ले। २०६४ सालमा आइडियल मोडेल स्कुल ललितपुरबाट एसएलसी उत्तिर्ण भएका उनले त्यसबेला ७१ प्रतिशत अंक ल्याएका थिए भने प्लस टु मा ५५.५ अंक ल्याएका थिए। सन् २०१९ मा एमबिबिएस सकेर उनी नेपाल आएका थिए।

चाबहिलको दिघार्यु अस्पतालमा काम गरेका मोम्मद शाहिद राजाले बंगलादेशको नर्थ इष्ट मेडिकल कलेज विश्वविद्यालयबाट एमबिबिएस उत्तिर्ण गरेका हुन्। उनले एसएलसीमा ६८.६३ अंक र प्लस टुमा ७० अंक ल्याएका थिए। 

ललितपुरकै किष्ट मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत पल्लबी सिंहले छात्रवृतिमा अध्ययन गर्नका लागि शैक्षिक प्रमाणपत्रमा अंक बढाएको आरोप लागेको छ। उनले जनकपुरस्थित सिद्धार्थ शिशु सदन बोर्डिङ स्कुलबाट एसएलसीमा ७० र प्लस टु मा ६४ प्रतिशत अंक ल्याएकी थिइन्।

बंगलाशदेको बंगाल मेडिकल कलेजबाट एसबिबिएस गरेका मोहम्मद सिद्धिक प्लस टु मा ६० र एसएलसीमा ६८.५ प्रशितत अंक ल्याएका थिए। वल्र्ड भिजन सेकेन्डरी स्कुल सप्तरीबाट उनले एसएलसी उत्तिर्ण गरेका थिए।

ढाका नेशनल मेडिकल कलेजबाट एमबिबिएस उत्तिर्ण गरेका दीपेन्द्र गौतम चौरझारी अस्पताल रुकुममा कार्यरत थिए। उनले एसएलसीमा ६३.५ र प्लस टु मा ६६.८ अंक ल्याएका थिए।

यी विद्यार्थीको सबै नक्कली शैक्षिक प्रमाणपत्र कन्सल्टेन्सी सञ्चालकद्धय अरुण चौधरी र सागिर अहमद खानले बनाएको आरोप छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परे... आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भए... आइतबार, असोज ४, २०८३
सप्तरीमा २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल (२ हजार केजी) गाँजाजस्तो देखिने पदार्थ बरामद भएको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित सोमबार, असोज ५, २०८३
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट सोमबार, असोज ५, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्