काठमाडौं- मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरु प्रधानमन्त्री निवास बालुवाटार जान थालेका छन्। संसद्मा विश्वासको मत पाउन नसकेका प्रधानमन्त्री ओलीले यसअघि नै साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए।
संसद् बैठक लम्बिएपछि छ बजेका लागि सारिएको थियो। निर्धारित समयमै मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगिसकेको एक मन्त्रीले बताए।
मन्त्रिपरिषद् बैठकको अजेण्डाबारे जानकारी नभएको ती मन्त्रीले बताए।
आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ। प्रस्तावमाथि भएको मतदानमा ओलीले जम्मा ९३ मत पाए। प्रस्तावको विपक्षमा १२४ मत परेको थियो।
विश्वासको मत नपाएपछि वर्तमान सरकार स्वत: 'काम चलाउ'मा परिणत भएको छ। अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले कार्यभार चलाउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।