काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमजनताले सरकार हुनुको अनुभूति गर्न नपाएको बताएका छन्।
सोमबार संसद बैठकमा बोल्दै देउवाले चुनावको समयमा गरेको वाँचा र भाषण आफूलाई स्मरण भएको भन्दै उनले जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताए।
‘रेलयात्राको तथाकथित कथा, पानी जहाजको सफर, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्न पर्दैन। भोकले कोही मर्दैन। सडक वालवालिका हुने छैनन्, भिख माग्ने मान्छे भेटिने छैनन्, कसैले रोजगारीका लागि विदेश जानु पदैन् भन्ने उक्तिहरु कहाँ गए?’ देउवाले प्रश्न गरे।
देशमा विकास निर्माणको अवस्था दयनीय रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।