काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। सोमबार प्रतिनिधिको दोस्रो बैठकमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिनका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन्।
प्रधानमन्त्री ओलीको सम्बोधनपछि दलका शीर्ष नेताहरुले बोल्नेछन्। तर, सम्पूर्ण प्रक्रिया आजै टुंग्याइने सहमति भएकाले उनीहरुले छोटो बोल्ने कार्यक्रम तय भएको छ। त्यसपछि पुनः प्रधानमन्त्री ओलीले जवाफ दिनेछन्। त्यसपछि भने मत विभाजनको प्रक्रिया सुरु हुनेछ।
मतदानका लागि तीनवटा लबीमा मतदानको व्यवस्था गरिएको छ। त्यहाँ, हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। कोभिड संक्रमित सांसद्हरुलाई भने ल्होत्सेहलमा मतदानको व्यबस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।